लालबन्दि, कार्तिक २४ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले एक चीन नीति प्रतिको नेपालको प्रतिवद्धतामा नेपाल र चीन सरकारको कुनै द्विविधा नभएको स्पष्ट पार्नुभएको छ ।

सञ्चारकर्मीसँग मंगलबार मन्त्रालयमा कुरा गर्दै उहाँले केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताउनुभयो । मन्त्री डा. महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै भन्नुभयो, ‘परराष्ट्र विषयसँग जोडिएको समाचार नियोजित ढङ्गले आएको महसुस भएको छ ।

समाचारमा उल्लेख भएअुनसार नेपालका गतिविधिप्रति चीनको आपत्ति भन्ने सम्बन्धमा मन्त्रालयले मंगलबार नेपालस्थित चिनियाँ दूतावासका पदाधिकारीसँग छलफल गर्दा उहाँहरु सन्तुष्ट नै रहेको मन्त्री महतले जानकारी गराउनुभयो ।

उहाँले दुवै छिमेकी मुलुकसँगको सरकारको धारणा समान रहेको बताउँदै निकट भविष्यमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने र त्यसको तयारी भइरहेको बताउनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*