लालबन्दि, कार्तिक २५ – सफा र बातावरण मेत्रि नगरपालिका हाम्रो गौरब, भन्ने मख्य उद्देश्यका साथ लालबन्दी नगरपालिकालाई सफा र सुन्दर बनाउनका लागी बिशेष पहल कदमी भईरहेको छ ।

लालबन्दी नगरपालीकाले सरसफाई गदै आएको लालबन्दी नगरपालिका क्षेत्रका फोहोरमैला व्यवस्थापनको जिम्मा अव निजी साझेदारी सस्थाले लिएको हो । हाल सम्म नगरपालिकाले नै लालबन्दी नगर क्षेत्रभित्र  रहेका व्यापारिक तथा आवासीय क्षेत्र, सस्थागत क्षेत्र, औधोगीक क्षेत्र,घर पसल लगाएतका क्षेत्रका फोहोर अब मंसीर १ गते देखि लागुहुने गरि ग्रीन एण्ड क्लिीन सिटि सर्भीस हेटौडा सँग सम्झौता गरि नगरलाई सफा राख्न जिम्मा दिएको हो ।

हेटौडा ७ मकवानपुरमा कार्यालय रहेको उक्त नीजी साझेदारि सस्थाले हेटौडालाई नेपालकै पहिलो सफा र स्वस्थ बाताबरण बनाउन सफल भएको छ । हाल उक्त सस्थाले सर्लाहीको हरिऔन, लालबन्दी, इश्वरपुर नगरपालिका सँग सम्झौता गदैआएको छ ।

हेटौडा देखी ढल्केबर सम्म सरसफाइ गरि नगरपालिका लाई सफा बनाई मन जितेको सस्थाले भबिष्यमा फोहोर मैलाको व्यवस्थापन गर्न कच्चा पदार्थको उधोग सञ्चालन गरि रोजगारिको सृजना गर्ने जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*