लालबन्दि, कार्तिक १८ – जिल्ला कृषि बिकास कार्यालय सर्लाहीले ५० प्रतिशत अनुदानमा किसानहरुलाई तोरिको बिउ बितरण गर्न सुरु गरेको छ ।

अभियानमुखी तेलहन बाली उत्पादन कार्यक्रम अन्र्तगत क्षेत्र बिस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा तोरिको बिउँ बितरण गर्न सूरु गरिएको हो । सर्लाहीका अधिंकाश क्षेत्रमा तोरिको खेती गर्ने गरिन्छ । एक जना किसानलाई बढिमा १० किलो सम्म अनुदानको बिउ बितरण गरिने कार्यलयका सुचना अधिकृत देवान्नद रायले जनाएका छन् ।

सुचना अधिकृत रायका अनुसार,सदरमुकाम मलंगवामा रहेको कृषि बिकास कार्यालयमा आफ्नो नागरिकताको फोटोकपी र निवेदन लिएर जानुपर्छ । किसानहरुलाई ५० प्रतिशत छुटमा तोरिको बिउ बितरण गर्नका लागी कृषि बिकास कार्यालयमा २० क्युन्टल तोरिको बिउ ल्याईसकीएको  छ ।

अनुदानको बिउ प्रती कीलो ७५ रुपैया पर्ने रायले बताए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*