Archive for December, 2016

अनेरास्ववियुले गठन ग¥यो जनज्योती उ.मा.बि. मा नयाँ कमिटि …

लालबन्दि, पौष ७ – अखिल नेपाल राष्ट्रीय बिधार्थी संगठन अनेरास्वयु सर्लाहीले जनज्योति उच्च माध्मीक बिधालय लालबन्दीमा ३१ सदस्य नयाँ कमिटि गठन गरेको छ । अनेरास्ववियुकी केन्द्रिय कमिटी सदस्य अन्जना शिवाकोटीको प्रमुख आतिथ्यमा ३१ सदस्य कमीटी गठन गरेको हो । अध्यक्षमा बिकास थापा,उपाध्यक्षमा विशाल दाहाल, सुनिता पौडेल,सचीवमा बिनोद अधिकारी, सहसचीवमा पुनम थापा, पुनम लामा, प्रदीप रेग्मी,कोषाध्यक्षमा भगवान आले लगाएत चयन गरिएको छ[Read More…]

भुमि अधिकार मञ्च सर्लाहिको आयोजनामा हरिवनमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न …

लालबन्दि, पौष ७ – भुमिअधिकार मन्च सर्लाहीको आयोजनामा हरिवनमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । हरिऔन नगरपालिका ११ स्थीत सम्रट होटलमा भएको कार्यक्रम भुमिअधिकार मन्च सर्लाहीको आयोजनामा जिल्ला मन्चले बिगत एक बर्स भित्र गरेका कृयाकलाप र त्यसमा भएका आर्थिक गतिबिधीका बारेमा जिल्लाका सरोकार बालाबिच लेखाजोखा गर्ने काम गरेको हो । कार्यक्रममा भुमीअधिकार मञ्चका राष्ट्रीय सदस्य फौदसीह स्याङवा,सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका[Read More…]

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा …

लालबन्दि, पौष ०४ – पूर्वाञ्चलका विभिन्न शहरमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको पछिल्लो अवस्थाबारे हिजो प्रेस बिज्ञप्ति जारी गर्दै राखेपले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो । सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आगामी पुस आठ गतेदेखि १५ गतेसम्म हुँदैछ । र, सातौँ राष्ट्रिय खेलकुदमा प्रदर्शनी[Read More…]

तत्कालका लागि ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने …

तत्कालका लागि ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने …

लालबन्दि, पौष ०४ – तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक/पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने निश्चित भएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले नेपालीसँग भएको भारतीय नोट साट्ने कुरामा खासै चासो नदिएका कारण[Read More…]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो …

लालबन्दि, पौष ०४ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ । ग्यासको मूल्य भने बढेको छैन । पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर अब १०१ रुपैयाँ ५० पैसा भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा[Read More…]

सधैंका लागि लोडसेडिङ मुुक्त गर्ने गृहकार्य तीब्र …

सधैंका लागि लोडसेडिङ मुुक्त गर्ने गृहकार्य तीब्र …

लालबन्दि, पौष ०४ – सरकारले सधैंका लागि लोडसेडिङ मुुक्त गर्ने गृहकार्य तीब्र बनाएको छ । आन्तरिक उत्पादनको भरपुुर सदुुपयोग गर्दै नपुुग विद्युुत भारतबाट आयात गरेर लोडसेडिङ समस्या सधैंका लागि समाधान गर्न सरकारले गृहकार्य गरेको हो । विगत एक बर्षयता ८५ मेगावाट  विद्युत केन्द्रीय प्रसारण लाईनमा थपिएको छ । यसै बर्ष थप १ सय १५ मेगावाट विद्युुत पनि केन्द्रीय प्रसारण लाइनमा थपिने[Read More…]

१६ औं अन्तर्राष्ट्रिय आप्रावासन दिवसको अवसरमा हरिवनमा एक ¥यालीको आयोजना …

पौष ०५ गत्ते – १६ औं अन्तर्राष्ट्रिय आप्रावासन दिवसको अवसरमा हिजो हरिवनमा एक ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा हरिवन निकटवर्ती ढुंग्रेखोला, पटौना, हरिपुर, कर्मैया गाविसका स्थानियवासीको सहभागीता थियो । सुरक्षित आप्रवासनका लागि सूचना हाम्रो अधिकार भएको भन्दै उनीहरुले हरिवन वजार परिक्रममा गरेका थिए । परिक्रमापछि आयोजना गरिएको सभामा वैदेशिक रोजगार हकहीत संरक्षण केन्द्र, सर्लाहीका अध्यक्ष रामनाथ साहको अध्यक्षतामा सम्पन्न सो[Read More…]

चतुर्भुजेश्वर क्याम्पसलाई अन्र्तराष्ट्रिय मापदण्डको क्याम्पस निर्माण गर्न शैक्षिक तथा धार्मिक महोत्सव हुने…

लालबन्दि, पौष ०४ – ‘गुणस्तरिय शिक्षा हाम्रो प्रतिवद्धता’ को मूलनारा अघि सार्दै नेपालकै नमुना सामुदायीक र अन्र्तराष्ट्रिय मापदण्डको क्याम्पस निर्माण गर्न चतुर्भुजेश्वर जनता वहुमुखी क्याम्पसमा शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिने भएको छ । भोली पौष ०५ गत्ते देखि पुष १२ गतेसम्म आयोजना हुने महोत्सवमा शालिग्राम पूजा, संगीतमय भजन, योग शिविर, तुलादान, ब्रतबन्ध, लाखवत्ती वाल्ने, पुस्तक तथा शैक्षिक सामाग्री प्रदर्शन, कलशयात्रा,[Read More…]

भारतीय टेम्पुको ठक्करबाट गौरका हरिन्द्र साहको ज्यान गयो …

भारतीय टेम्पुको ठक्करबाट गौरका हरिन्द्र साहको ज्यान गयो …

लालबन्दि, पौष ०४ – भारतीय टेम्पुको ठक्करबाट रौतहटको गौरका हरिन्द्र साहको ज्यान गएको छ । सीमावर्ती भारतको वैरगनिया बजारमा सामान लिन गएका साहलाई भारतीय टेम्पुले ठक्कर दिएको हो । टेम्पुको ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा ज्यान गएको हो । यसैबिच रौतहटको भेडियाही–४ मा आगलागी हुँदा ५  लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । जाडो छल्न लालबाबु रायको घरमा[Read More…]

कलाकार R.P. भट्टराई ‘लाजालाम’को निधन …

कलाकार R.P. भट्टराई ‘लाजालाम’को निधन …

लालबन्दि, मङ्सिर २४ – हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनकोनिधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार आर पी बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा उनलाई सुतेको अवस्थामै मृत भेटिएको हो । कलाकार भट्टराईको घर पनि बिराटनगरमै हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि[Read More…]