लालबन्दि, पौष ७ – अखिल नेपाल राष्ट्रीय बिधार्थी संगठन अनेरास्वयु सर्लाहीले जनज्योति उच्च माध्मीक बिधालय लालबन्दीमा ३१ सदस्य नयाँ कमिटि गठन गरेको छ ।

अनेरास्ववियुकी केन्द्रिय कमिटी सदस्य अन्जना शिवाकोटीको प्रमुख आतिथ्यमा ३१ सदस्य कमीटी गठन गरेको हो । अध्यक्षमा बिकास थापा,उपाध्यक्षमा विशाल दाहाल, सुनिता पौडेल,सचीवमा बिनोद अधिकारी, सहसचीवमा पुनम थापा, पुनम लामा, प्रदीप रेग्मी,कोषाध्यक्षमा भगवान आले लगाएत चयन गरिएको छ ।

कार्यक्रममा पार्टी बिद्यार्थी इन्चार्ज मोहन भण्डारीको बिशिस्ट अतिथ्यता तथा अनेरास्ववियु सर्लाही जिल्ला कमिटी अध्यक्ष प्रकाश घिमिरे, अनेरास्ववियु सर्लाही जिल्ला कमिटी सदस्य आशिष दाहाल, कमल महतो, युवराज आचार्यलगाएतको आतिथ्यता रहेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*