लालबन्दि, मङ्सिर २० – श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रकाका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो ।

एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*