लालबन्दि, पौष ०४ – ‘गुणस्तरिय शिक्षा हाम्रो प्रतिवद्धता’ को मूलनारा अघि सार्दै नेपालकै नमुना सामुदायीक र अन्र्तराष्ट्रिय मापदण्डको क्याम्पस निर्माण गर्न चतुर्भुजेश्वर जनता वहुमुखी क्याम्पसमा शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिने भएको छ ।

भोली पौष ०५ गत्ते देखि पुष १२ गतेसम्म आयोजना हुने महोत्सवमा शालिग्राम पूजा, संगीतमय भजन, योग शिविर, तुलादान, ब्रतबन्ध, लाखवत्ती वाल्ने, पुस्तक तथा शैक्षिक सामाग्री प्रदर्शन, कलशयात्रा, चौरासी पूजालगायतका कार्यक्रम गर्ने लक्ष रहेको सम्वद्ध क्याम्पसले जनाएको छ ।

विभिन्न कार्यक्रममा दाताहरुले दिएको चन्दा संकलनबाट क्याम्पसमा स्नातकोत्तर, प्राविधिक शिक्षा संचालन गर्नुका साथै क्याम्पसको भौतिक सुविधा, खेल सुविधा तथा अन्य शिक्षण तथा प्रशिक्षण सामाग्रीको व्यवस्था गर्दै आगामी ५ वर्ष भित्रमा अन्र्तराष्ट्रिय मापदण्ड स्तरको क्याम्पसलाई संञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ । क्याम्पसले जहिले पनि समुदायलाई नै आफ्नो शक्ति ठान्दै आईरहेको आयोजक संस्थासम्वद्ध व्यक्तिहरुले वताएको छ ।

यसको विकास र विस्तारका लागि समुदायले नै सहयोग गरिरहेकाले यस पटक पनि समुदायका व्यक्तिले तन, मन र धनले सहयोग गर्नेमा क्याम्पस व्यवस्थापन विश्वस्त रहेको वताईएको छ ।

अहिले नगरे कहिले गर्ने, हामीले नगरे कस्ले गर्ने भन्दै  क्याम्पसमा कार्यक्रमको आयोजना गरिन थालेको वताईएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*