लालबन्दि, पौष ०४ – भारतीय टेम्पुको ठक्करबाट रौतहटको गौरका हरिन्द्र साहको ज्यान गएको छ । सीमावर्ती भारतको वैरगनिया बजारमा सामान लिन गएका साहलाई भारतीय टेम्पुले ठक्कर दिएको हो । टेम्पुको ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा ज्यान गएको हो ।

यसैबिच रौतहटको भेडियाही–४ मा आगलागी हुँदा ५  लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । जाडो छल्न लालबाबु रायको घरमा बालेको घूरबाट आगो सल्किएको हो । आगलागीका कारण लालबाबु राय र कमल रायका दुईवटा भैँसी र ६ वटा बाख्रा मरेका छन् ।

यस्तै रौतहटकै बरियारपुर–९ मा नचिनेका मानिसले परालको कुन्यूमा आगो लगाइदिँदा दुई लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*