लालबन्दि, मङ्सिर २१ – भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे उहाँको निधन भएको जनाएको हो ।

६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो । अपोलो अस्पतालमा आइतबारदेखि नै उहाँका शुभेच्छुकको भिड लागेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हाल्नु भएको थियो । यस्तै उहाँले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गर्नु भएको थियो ।

१९४८ फेब्रुृअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गर्नुभएको थियो । ८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उहाँ ५ पटक तामिलनाडुको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँ पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको थियो ।

यसैबिच जयललिताको निधन भएपछि पनिरसेल्वमले मुख्य मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । उहाँ जयललिताको निकट सहयोगी मानिनुहुन्छ । राजनीतिका क्रममा जयललिता जेल पर्दा राज्यको कमाण्ड पनिरसेल्वमले नै सम्हाल्दै आउनुभएको थियो । पार्टीमा निकै इमान्दार मानिने उहाँले पहिला चिया बेच्ने गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै उहाँले पनि चिया बेच्ने गर्थे भने उहाँका बुबा सक्रिय नेता थिए । अहिले पनि पनीरसेल्वमका भाई पेरियाकुलम चिया बेच्ने गर्छन् । उहाँको पेशा खेतीपाती हो । पनीरसेल्वमले चिया बेच्दै स्नातक उत्तिर्ण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उहाँका बुबा अन्नाद्रमुक संस्थापक स्वर्गीय नेता एमजी रामचन्द्रसँग काम गरेका नेता हुन् । रामचन्द्रले पनिरसेल्वम धेरै मेहनती भएको अन्नाद्रमुकलाई बताउने गर्थे ।

पनीरसेल्वमले जयललिता बस्ने कुर्सीमा नबसी सपथ ग्रहण गरेका छन् । उनी थेवर समुदायका हुन् । यो समुदायको तमिलनाडुमा राम्रो प्रभाव छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*