लालबन्दि, पौष ७ – भुमिअधिकार मन्च सर्लाहीको आयोजनामा हरिवनमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । हरिऔन नगरपालिका ११ स्थीत सम्रट होटलमा भएको कार्यक्रम भुमिअधिकार मन्च सर्लाहीको आयोजनामा जिल्ला मन्चले बिगत एक बर्स भित्र गरेका कृयाकलाप र त्यसमा भएका आर्थिक गतिबिधीका बारेमा जिल्लाका सरोकार बालाबिच लेखाजोखा गर्ने काम गरेको हो ।

कार्यक्रममा भुमीअधिकार मञ्चका राष्ट्रीय सदस्य फौदसीह स्याङवा,सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका निर्देशक जगत  देउजा, एकीकृत माओवादिकी जिल्ला कोषाध्यक्ष बिनीता दाहाल, नेपाली कंग्रेसका जिल्ला सदस्य डोरप्रसाद भट्टराई, सामुदायिक बन उपभोक्ता माहासंघ सर्लाहीका अध्यक्ष उत्तरकुमार मैनाली, एमाले नगर कमीटी अध्यक्ष चुणमणी वाग्ले लगाएत विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि संघ सस्थाका प्रतिनिधिका साथै भुमिअधिकार मन्चका अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मन्चका अध्यक्ष जितबहादुर गोलेको अध्यक्षतामा सम्पन्न भएकोे भुमीअधिकार मञ्चका संयोजक मदन बिश्कर्माले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*