लालबन्दि, पौष ०४ – पूर्वाञ्चलका विभिन्न शहरमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको पछिल्लो अवस्थाबारे हिजो प्रेस बिज्ञप्ति जारी गर्दै राखेपले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो ।

सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आगामी पुस आठ गतेदेखि १५ गतेसम्म हुँदैछ । र, सातौँ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित ३५ खेल समावेश छ ।  सातौँमा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुले २ सय ९४ स्वर्ण र समान २ सय ९४ रजत तथा ४ सय ४७ कास्यका लागि एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएएफ क्लबसहित पाँच विकास क्षेत्रले सहभागिता जनाउनेछन् ।

सातौ राष्ट्रिय खेलकुदको सबैभन्दा धेरै खेल सुनसरी जिल्लामा हुनेछ । सुनसरीमा ११ खेल हुनेछ । यस्तै मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा समान एक–एक खेल हुनेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*