पौष ०५ गत्ते – १६ औं अन्तर्राष्ट्रिय आप्रावासन दिवसको अवसरमा हिजो हरिवनमा एक ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा हरिवन निकटवर्ती ढुंग्रेखोला, पटौना, हरिपुर, कर्मैया गाविसका स्थानियवासीको सहभागीता थियो ।

सुरक्षित आप्रवासनका लागि सूचना हाम्रो अधिकार भएको भन्दै उनीहरुले हरिवन वजार परिक्रममा गरेका थिए । परिक्रमापछि आयोजना गरिएको सभामा वैदेशिक रोजगार हकहीत संरक्षण केन्द्र, सर्लाहीका अध्यक्ष रामनाथ साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा ईलाका प्रशासन कार्यालय, हरिवनका प्रमुख कुमार थापा, नारी उत्थान संघ, हरिपुरका विष्णु चालिसे, सहयोगी समाज, नेपालका केशव थापालगायतका वक्ताले आआफ्नो धारण व्यक्त गरेका थिए ।

ग्रामीण नारी उत्थान संघ, सहयोगी समाज, नेपाल तथा राष्ट्रिय रोजगार केन्द्र, सर्लाहीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*