लालबन्दि, माघ १ –  आज माघे संक्रान्ति पर्व मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यि परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

यस्तै थारु कल्याणकारिणी सभाले ईश्वरपुर नगरपालिकाको रामपुर वस्तीमा थारु संस्कृति झल्काउन दुई दिने थारु महोत्सवको आयोजना गरेको छ । माघीपर्वको अवसरमा आयोजना गरिएको महोत्सव आजसम्म चल्ने छ । दुई दिनसम्म चल्ने महोत्सवमा ठेंट थारु संस्कृतिसंग जोडिएका पहिरन, नृत्य, विभिन्न परिकारका खाना प्रदर्शन गरिएको छ । यसैबिच, माघे संक्रान्तिमा आवश्यक पर्ने तरुल,सखरखण्ड, सखर, तिल,मुरी, चिउरा लगाएतका सामाग्रीको कारोवार सर्लाहीमा ह्वात्तै बढेको छ ।

यसैबिच सुदूरपश्चिममा भने आज काग तिहार मनाईंदैछ । कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे संक्रान्तिका दिन मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*