लालबन्दि, माघ १७ – पछील्लो समय अभिनय मार्फत श्रोता दर्शक को मनमा बस्न सफल मोडेल देवराज काफ्लेको लोक दोहोरी गीत बर्दिमा छु को म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै देखीको रहर अहिले आएर पुरा हुँदै गरेको बताउने देवराज ले अहिले सम्म २ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेका छन । हँसिलो चेहेरा र मिलेको जिउडाल भएका देवराज नेपाल प्रहरिमा इन्स्पेक्टर को पदमा कार्यरत छन । हुने बिरुवाको चिल्लो पात मा अभिनय गरेर मोडलिङ को क्षेत्रमा प्रवेश गरेका देवराज आफु जस्तो पायो त्यस्तो भिडियोमा अभिनय नगर्ने बताउँछन ।

यस क्षेत्रमै चर्चित तथा लोकप्रिय कार्यक्रम भञ्ज्याङ चौतारी का संचालक क्षितिज विश्वकर्मा सङ्गको अन्तर्वाता का क्रममा देवराजले पछील्लो समयमा बजारमा आएका म्युजिक भिडियो र त्यस्ता भिडियोमा अभिनय गर्ने मोडेल को भविस्य नभएको बताएका छन । घिउ खाए कहिले लाग्छ, रक्सी खाए अहिले नै लाग्छ भन्ने उखान जस्तै, अहिले का म्युजिक भिडियोहरु केही क्षणका लागि मात्रै भएको उनको भनाइ छ ।

दोलखा जिल्लाको भिरकोट गाबिस ४ मा जन्मिएका देवराज आफुलाई म्युजिक भिडियो मा काम गर्न साह्रै रमाइलो लाग्ने बताउँदै पहिलो म्युजिक भिडियो को अनुभव भने अली फरक रहेको बताउँछन । आफ्नो पेशा प्रती को बफादारीता पहिलो प्राथमिकतामा पर्ने बताउने देवराज सबै साथी सङ्गी सङ्गको छलफल र सहकार्य मार्फत नै अघिला दिनहरुमा पनि आफु अघी बढ्ने बताउँछन ।

मिलनसार र मिठो बोल्ने देवराज को अभिनयमा अर्को लोकदोहोरी गीतको म्युजिक भिडियो यही बर्ष को अन्तिम तिर बजारमा आउन लागेको छ । आफु लोकदोहोरी गीतमा मात्रै नभएर सबै बिधा र सबै प्रकारका गीतमा अभिनय गर्ने तर आफुले अभिनय गर्ने गीत र म्युजिक भिडियो ले समाजमा केही सकारात्मक प्रभाव पार्नुपर्ने देवराज बताउँछन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*