लालबन्दि, माघ १८ –  क्युपेक नेपाल लालबन्दी सर्लाहीले आज लालबन्दी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । क्युपेक नेपालका केन्द्रीय सदस्य मानबाहादुर बिश्वकर्माको नेतृत्वमा ११ बुद्धे माग सहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

निर्माण मजदुरलाई स्थानीय निकायमा व्यवस्था गर्नु पर्ने, ज्याला बृद्धिको लागी समीती गठन गर्नुपर्ने, स्थानीय मजुदरहरुको सुरक्षाको माग गर्दै, कल्याण कारी कोषको स्थापना गर्नुपर्ने लगाएत ११ बुद्धे माग सहित ज्ञापन पत्र बुझाईएको एमाले नेता मोहन भण्डारीले बताउनुभयो ।

यसैबिच, क्युपेक नेपाल लालबन्दीको दोस्रो अधिबेशन  आज सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ३ स्थीत आफ्नै भवनमा सम्पन्न अधिबेशनले रुद्रबाहादुर बिश्वकर्माको अध्यक्षतामा ११ सदस्य कमिटि चयन गरेको छ ।

निर्वतमान अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न  अधिबेशनमा मानबाहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता तथा संकर पोखरेलले आतिथ्यता जनाउनु भएको  थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*