पहिलो पटक दनुवार भाषाको गीत गाएर चर्चामा आउन सफल गायक सुर्य राई (कमल) को भोजपुरी भाषाको संदेशमुलक म्युजिक भिडियो सार्वजनिक भएको छ । दाईजो प्रथाको समस्यालाइ समेटेर युवा गायक राई ले जिन्स वाली भोजपुरी गीत/भिडियो सार्वजनिक गरेका हुन । म्युजिक नेपाल प्रा.लि.द्धारा सार्वजनिक गरिएको भिडियोमा दिनेश जंग खड्का र आयुसा श्रेष्ठको अभिनय रहेको छ ।

गीतमा शब्द सञ्चारकर्मी मुकेश कुमार साहको रहेको छ भने स्वर/संगित स्वयम गायक राईकै रहेको छ । रौतहटको ग्रामिण भेग लक्ष्मीपुर गा.बि.स. वार्ड नं. ८ हरीहरपुरमा जन्मिएका गायक राई विगत १० बर्ष देखी नेपाली संगित क्षेत्रमा सकृय रहेछ छन ।

गित संगितमा लागेका गायक राई समाजसेवामा पनि उत्तिकै रुचि राख्ने गायकमा पर्दछन् । उनी भर्खरै मात्र राइ दनुवार जागरण समाज सिन्धुलीद्वारा सम्मानित पनि भएका छन । उनले मगर भाषाको चलचित्र ‘चिछाछुठु’को सबै गितमा स्वर दिएका छन् । नेपाली सङ्गित क्षेत्रमा बिस्तारै चर्चा बटुल्दै आएका राईको भोजपुरी एल्बम तराईमा यतीबेला चर्चामा रहेको छ ।

                                                                 भिडियो हेर्न तल क्लिक गर्नुहोला …

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*