लालबन्दि, पौष १७ – अहिले सबैतिर रातो नम्बरबाट फोन आउँछ र फोन उठाए मान्छे मर्छ भन्ने हल्ला चलिरहेको छ र यो हल्ला ले धेरै त्रसित भईरहेका छन । कसैले भन्थे नेपाल हल्लै हल्लाको देश हो भनेर, हो अहिले त्यहि भईरहेको छ भन्छन जानकारहरु ।

आफ्नो प्रयोगकर्तालाई एनसेलले विभिन्न सेवा सुविधाको जानकारी दिन फोन गर्ने गर्छ । त्यहि नम्बर राखेर फोटोसप गरि रातो नम्बरबाट आएको फोन उठाए मान्छे मर्ने हल्ला फैलाइयो । हल्ला फैलिएपछि एनसेल प्रयोगकर्ताहरुले नै यसबारे जिज्ञासा राख्ने क्रममा नजिकका नातेदार साथीभाइ र जानेबुझेकालाई सोध्ने क्रममा हल्ला दिन दुगुना रात चौगुना बढ्दै गयो । तर बिडम्बना यसको वास्तविकता के हो र के भइरहेको छ भन्ने विषयमा यथार्थ जानकारी कसैले दिन सकेका छैनन् ।

स्वयम् एनसेलका आधिकारिक व्यक्तिहरुले समेत यो गलत हल्ला हो भनिसकेका छन । तर बास्तबिकता भने अलि फरक छ । हल्लाको पछि लाग्नु भन्दा पनि वास्विकता के हो? त्यो जान्नु बढी महत्वपूर्ण हुन्छ । रातो नम्बर को हल्ला सन् २००७ अप्रिल १३ मा पाकिस्तानबाट सुरु भएको मानिन्छ । इन्जिनियरहरु भन्छन्न, “मोबाइल तथा स्मार्टफोनमा फोन आउँदा उत्पन्न गर्ने ध्वनी तरंगले मान्छेलाई घाइते पार्ने वा मार्नेसम्मको क्षमता राख्न सक्दैन ।

त्यसैले पनि यो सरासर गलत हल्ला हो । यसलाई पुष्टी गर्ने कुनै प्राविधिक आधार छैन ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*