लालबन्दि, माघ १८ – सर्लाहि सहित देशैभरिका सामुदायिक बिद्यालयहरुमा अहिले ब्यबस्थापन समिति गठन गर्ने कार्य चलिरहेको छ । कतिपय बिद्यालयहरुमा ब्यबस्थापन समिति गठन गरिसकिएको छ भने कतिपय बिद्यालयहरुमा समिति गठन गर्ने कार्य भइरहेको छ ।

यसै सेरोफेरोमा आज लालबन्दि नगरपालीका ६ मा रहेको श्री आधारभुत बिद्यालयमा ब्यबस्थापन समिती गठनका लागी ४ सदष्य समिती चयन गरिएको छ । बिद्यालय निरिक्षक राम बहादुर सिंजाली तथा श्रोत ब्यक्ति कमलेश कुमार लाल कर्ण को प्रमुख आतिथ्यतामा बसेको अभिभावक भेलाले अभिभावक मध्येबाटै सदष्य चयन गरेको को । आज चयन भएका सदष्यहरुमा बिर बहादुर पाख्रिन, अरुण बिश्वकर्मा, मञ्जु कटुवाल र सुस्मिता गोले रहेका छन । भेलाले उनिहरुलाई सर्बसम्मत रुपमा चयन गरेको बिद्यालयका प्रधानाध्यापक सरोज यादवले जानकारि दिनुभयो ।

त्यसैगरि भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । जस्मा सम्योजक धनमाया बम्जन संगै अजय श्रेष्ठ, बुद्धमाया भ्लोन, हेम कुमार बम्जन, सुवास पाख्रिन, सरस्वतीमाया बुढाथोकि, राजकुमार श्रेष्ठ र राजकुमार दाहाल रहनुभएका बिद्यालयका प्रध्यानाध्यापद यादवले जानकारि दिनुभयो ।

यसैबिच निजि तथा आवाशिय बिद्यालय अर्गनाईजेसन प्याब्सनले सगुन सहकारि अन्तर्गत सञ्चालीत भनि केहि निजि बिद्यालयले भर्ना आह्वान गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्याब्सनले सगुन सहकारि को नाममा अहिले सम्म सर्लाहि जिल्लामा कुनै बिद्यालय दर्ता नभएको पनि जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*