लालबन्दि, पौष १७ – बैदेशिक रोजगारमा देखिने समस्या र तिनको समाधानका लागी सर्लाहिमा सक्रिय रहेको सुरक्षित आप्रवासन अन्तर्गतका कार्यक्रम र समुदायस्तर सम्म तिनले संचालन गरेका कार्यको प्रभावकारिताको बिषयमा एक समुहले स्थलगत अनुगमन गरेको छ ।

सुरक्षित आप्रवाशन परियोजना अन्तर्गत मुर्तिया, नेत्रगञ्ज र लालबन्दि नगरपालीका मा बैदेशिक रोजगार सम्बन्धि स्थानिय स्तरका कार्यक्रमहरुको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालयका प्रमुख कुमार थापा, ईलाका प्रहरि कार्यालय हरिवनका प्रहरि नायब निरिक्षक खुब नारायण श्रेष्ठ, ग्रामिण नारि उत्थान संघ हरिपुरका संयोजक बिष्णु चालीसे, पत्रकार डुकु कोईराला, गैर सरकारि संस्थाका अध्यक्ष भरत कार्कि लगाएत रहनुभएको सुरक्षित आप्रवासन परियोजनाका सामाजिक परिचालक अर्जुन बिश्वकर्माले जानकारि दिनुभयो ।

टोलीले सुरक्षित आप्रवासन केन्द्र अन्तर्गत को मुतिर्यामा सामुदायिक अभिमुखिकरण कार्यक्रम र नेत्रगञ्जमा घुम्ति सचेतना कायक्रम सम्बन्धि अनुगमन गरेको थियो, त्यस्तै सहयोगि समाज नेपाल अन्तर्गत लालबन्दिमा संचालन भईरहेको बित्तिय साक्षरता कक्षाको पनि अनुगमन गरेको थियो ।

सुचना केन्द्रले गर्ने काम कस्तो रह्यो र तिनले गर्ने काम को प्रभावकारिताको बिषयमा गरिएको अनुगनममा तिनले गर्ने काम सन्तोषजनक पाईएको बताईएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*