लालबन्दि, माघ १० – बाल गायक को परिचय बनाएर चर्चामा आउन सफल गायक महेश काफ्ले को ‘चुम्मा” बोलको पप गीत सार्वजनिक भएको छ । ‘सौतेनी आमा’, ‘सडक बालक’, ‘जुवा तासै’मा लगायतका चर्चित लोकदोहोरी गितहरुबाट बाल कलाकारका रुपमा स्थापित बनेका महेशले लामो समयपछी नयाँ गीत बजारमा ल्याएका हुन् ।

चर्चित लोकदोहोरी गायक भोजराज काफ्लेका कान्छो सुपुत्र महेशले  ‘चुम्मा’ बोलको गीतमा आफैले शब्द लेखेका हुन भने गीतमा सङ्गित पनि उन्को आफ्नै रहेको छ । अहिले युट्युब मा भाईरल बनिरहेको गीत र गीतको म्युजिक भिडियो को श्रोता/दर्शक प्रतिकृयाले आफु निकै उत्साहित भएको महेशले बताएका छन् ।

बिचमा सङ्गित बजार बाट हराएका महेस ले किशोर अबस्थामा स्वरमा आएको परिबर्तन तथा अध्यनका कारण केही समय साङ्गितिक क्षेत्रबाट बिश्राम लिएको बताएका छन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*