राधा अधिकारी – लालबन्दि, माघ २२ – १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै थपलिया समाज नेपाल सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । कम्यूनिटी वेलफेयर इ∙लिस स्कुल लालबन्दीमा शनिबार भएको भेलाले रामप्रसाद थपलिया अध्यक्ष रहने गरि नयाँ कार्यसमिति समेत चयन गरेको हो ।]

कर्यासमितिका अन्य पदाधिकारीकारीहरुमा उपाध्यक्षमा लक्ष्मि थपलिया , सचिवमा कृष्ण प्रसाद थपलिया कोषाध्यक्षमा सुशिल कुमार थपलिया ,सह–सचिवमा गणेश थपलिया लगाएत अन्य सदश्यहरु रहेका छन् । थपलिया समाज नेपालका केन्द्रिय सचिव हरिप्रसाद थलियको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समाजका जेष्ठ सदश्य शिवकृष्ण थपलियाको संयोजकत्वमा ५ सदश्य वंशावली संसोधन समिति गठन गरेको छ ।

समितिका अन्य पदाधिकारी हरुमा राजेन्द्र थपलिया, सूर्य प्रसाद थपलिया ,मुकुन्द थपलिया ,शंकर थपलिया रहनुुभएको छ । भेलाले समाजको हितकोष सञ्चालन गर्ने र चाडै कोषाध्यक्ष सुशिल कुमार थपलियाको अगुवाईमा सहकारी संस्था संचालन गर्ने , सवै थपलिया बन्धुको  घरमा मर्दा पर्दा आउने जाने क्रम बढाउने लगाएतका महत्व पूर्ण निर्णय गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*