लालबन्दि, फाल्गुन ०७ – सर्लाहिमा रहेका लोक कलाकारहरुको पहिलो जिल्ला भेला शनिबार सर्लाहिको लालबन्दिमा बसेको छ । सर्लाहि जिल्ला भरिमा छरिएर रहेका तथा जिल्ला बाहिर रहेर पनि लोक गीत संतिलाई माया गर्नेहरुको पहिलो जिल्ला भेला शनिबार लालबन्दिमा रहेको ढुकढुकि एफ.एम.को कार्यालयमा बसेको हो ।

सर्लाहिमा रहेर लोक गित गाउने, बनाउने तथा बजाउने सम्मका ब्यक्तिहरु सम्मिलीत भेलाले आगामि दिनमा अझ शसक्त र संगठित भएर अगाडि बढ्ने निर्णय समेत गरेको छ । हरि कार्कि, मंगल स्याङ्तान, नरकुमार देवकोटा, मधु कटुवाल, कौशिला खनाल लगाएत सर्लाहि जिल्लाका लोक कलाकार तथा लोकप्रेमिहरुको पहिलो भेलाले अबका दिनहरुमा एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्ने तथा एक अर्काको गीतमा पनि सर्लाहिकै कलाकारलाई बिशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

जिल्लाको लोक कलाकारको भेलाको सम्योजन भने ढुकढुकि एफ.एम.का क्षितिज बिश्वकर्माले गर्नुभएको थियो ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*