लालबन्दि, माघ २५ – सर्लाही पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार संन्तोष सिंह सम्मानित हुनुभएको छ । पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७ औ वार्षिकोत्सव तथा सर्लाही पत्रकारिता पुरस्कार–२०७३ का अवसरमा हिजो मलंगवामा एक कार्यक्रमको आयोजना गरि पत्रकार संन्तोष सिंहलाई सम्मान गरिएको हो ।

दश हजार रुपैयाँ पुरस्कार राशी भएको सर्लाही पत्रकारिता पुरस्कार–२०७३ छनौटका लागि नागरिक अगुवा तथा शिक्षक रजनीकान्त झा, लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष नजराज मिश्र तथा कानून व्यवसायी नरेश चौधरीसमेत तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो ।

पुरस्कृत सिंहले पुरस्कारबापत प्राप्त नगद १० हजार रुपैयाँ मुसहर बालबालिकाको शिक्षाका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*