लालबन्दि, फागुन १३ – सर्लाहीको सुकेपोखरीमा रहेको ब्रदर पेट्रोल पम्ममा आगलागी भएको छ । आगलागीमा परेर तीन जना घाइते भएको छन् । घाइते हुनेमा पेट्रोल पम्प सञ्चालक हरिवन नगरपालिका–१० का नारायण मैनाली, करमैया–४ का प्रमोद साह, बारा अमेलखगञ्जका निरज अन्सारी र काभ्रेको पाल्तेखेल–३का सुधन बरालरहेको प्रहरीले जनाएको छ ।

अहिले घाइते तीनै जनाको वीरगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये पेट्रोल पम्पका सञ्चालक मैनालीको अवस्था गम्भीर रहेको छ ।

गएराति ११ बजे विद्युत सर्ट भएर आगो लागेको हो । आगोबाट के कति क्षति भयो त्यसको विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*