सर्लाही, चैत्र ०७ – आज नेकपा एमाले हरिऔन नगरकमीटीले आयोजना गरेको एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १०० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

हरिवन नगरपालिका १० स्थीत ताईवान टोलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रकी चुनुमाया घिसिङको नेतृत्वमा, नेपालि कंग्रेसका गणेश थपलियाको नेतृत्वमा, विप्लब माओवादिकी सिमा लोप्चनको नेतृत्वमा, राप्रपाबाट सेष तस्लीम लगाएतबाट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले वडा कमीटी अध्यक्ष बसन्त लामाको अध्यक्षता तथा प्रदेश कमीटी सदस्य गोमा बिष्टको प्रमुख आतिथ्यतामा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको एमाले नगर कमीटी सचिब प्रज्जव ढुंगानाले जनाउनु भएको छ । यस्तै, नेकपा एमालेका पुराना ६ जना कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले पुर्व जिल्ला कमीटी अध्यक्ष दिल्ली उप्रेति, नेताहरु, सुरेन्द्र लामा, बेचि लुंङगेलि, चुणामणि वाग्ले, सिताराम पोख्रेल, गोमा बिष्ट लगाएतले मन्तव्य राख्नुभएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*