सर्लाही, चैत्र १० – नेकपा एमाले हरिवन नगर कमिटीले कार्यकर्तालाइ नगरपालिका निर्वाचनमा अहिले नै आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न रोक लगाएको छ ।

नगर कमीटि अध्यक्ष चूडामणी वाग्लेको अध्यक्षतामा आज बसेको बैठकले पार्टी केन्द्रीय नीति नआएसम्म  उम्मेद्वारि प्रस्तुत नगर्न कार्यकर्तालाइ सचेत बनाउने निर्णय गरेको हो ।

नगर सचिब प्रज्वल ढुङ्गानाका अनुसार बैठकले जनबर्गिय सङ्गठनका नगर कमिटी गठन गर्ने, नगर सल्लाहकार कमिटी गठन, साबिक ढुग्रे(३ हरिवन(१ मा गाभिएकोमा स्वागत गर्ने निर्णय  गरेको छ ।

जिल्ला सचिब बेची लुङ्गेलिको प्रमुख आतिथ्यतामा भयको बैठकमा नगर इन्चार्ज रामहरी प्रसाईं र क्षेत्रीय अध्यक्ष धन बहादुर मिक्चनको उपस्थिती थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*