सर्लाही, चैत्र १० – सर्लाहीको बागमतीमा जारी राजर्षी जनककप फुटवल प्रतियोगीतामासरस्वति युवा क्लब र त्रिभुन आर्मी बिचको खेलमा  त्रिभुवन आर्मी क्लबलाई ०का बिरुद्ध ४ गोल  गदै सरस्वती युवा क्लब बिजयी भएको छ ।

बागमती स्थीत बागमती युवा क्लबको खेल मैदानमा चलिरहेको प्रतियोगीता अन्र्तगत आजको एक मात्र खेलमा सरस्वती क्लब बिजयी भएको हो । प्रतियोगीता अन्र्तगत खेलमा हिजो भएको खेलमा सिएमसी संकटा क्लवलाई एकका बिरुद्ध दुई गोल गदै हिमालयन सेर्पा क्लब बिजयी भएको थियो ।

बागमती युवा क्लब कर्मैयामा हिजोदेखी सुरु भएको प्रतियोगीमा ए डिभिजनका आठ वटा क्लबले सहभागीता जनाएका छन् । आयोजकले प्रदेश नम्बर २ मै राष्ट्रीय स्तरका क्लबको सहभागीतामा सर्वाधिक राशिको फुटबल प्रतियोगीता आयोजन गरिएको बताएको हो ।

प्रतियोगीताको बिजेताले ४ लाख र उपबिजेताले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल खेल चैत्र १६ गते हुने छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*