काठमाडौं, चैत्र १० – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी लन्डनस्थित संसद भवन अगाडि बुधबार भएको आतंककारी हमलाको निन्दा एवम् भत्सना गर्नुभएको छ ।

मन्त्री महतले बिहीबार नेपाल सरकारकातर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाई घटनाको निन्दा गर्नुभएको हो । शोक सन्देशमा परराष्ट्रमन्त्री महतले आतंककारी घटनामा परि ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताकातर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै निजहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले उक्त घटनामा परि घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

साथै मन्त्री महतले नेपाली नागरिक र नेपाल सरकार यस आतंककारी घटनाका विरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गर्नुभएको छ ।

बेलायतको राजधानी लन्डन सहरस्थित बेलायतको संसद भवन अगाडि बुधबार भएको आतंककारी हमलामा परि पाँच जनाको ज्यान जानुको साथै थप ४० जना घाइते भएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*