गोरखा, चैत्र ०९/शंखर  पहाडी – गोर्खा जिल्लाका विभिन्न स्थानमा रहेका व्यापारी, उद्योगी र व्यवसायीहरुले मुल्य सुचि नराखी आफ्नो व्यावसाय सञ्चालन गरि रहेका छन ।

पसलै पिच्छे एउटै सामान फरक फरक मुल्यमा खुलेआम रुपमा बिक्रि वितरण भई रहँदा समेत जिल्ला प्रशासन कार्यालय मौन रहँदा आफुहरु चर्काे मुल्य तिर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन । दैनिक उपभोग्य सामान तथा वस्तुहरुको मुल्य सुची नराख्दा नेपालीहरुको मुख्य चाडमा व्यापारीहरुले मनोमानी गरेका हुन ।

गोरखा उद्योग बाणिज्य संघ तथा जिल्ला प्रशासन कार्यालयलाई आफुहरुले पटक पटक जानकारी गराउँदा समेत वेवास्था गरेको स्थानीयबासीको आरोप छ । गोरखामा अधिकांश पसलहरुमा मुल्य सुची नराखिंदा उपभोक्ता ठगिंदै गरेको कुरा जिल्ला प्रशासन कार्यालाई पनि जानकारी नभएको होईन । तर जानकारी गराउँदा समेत आफुहरुको कुरा प्रति जिल्ला प्रसाशन कार्यालयले चासो नदिएको स्थानीयबासी बताउँछन ।

सरकारले सहुलियतका पसलहरु सञ्चालन गरेको कुरा सुनिन्छ तर दैनिक उपभोग्य सामागी्रको वजारमा अरु समयको भन्दा चर्काे मुल्य तिनुपर्छ एक स्थानिय बासीले बताए । तर आफुहरुले अनुगमन निरन्तर गरि रहेको जिल्ला प्रसाशन कार्यालय गोरखाको दावी छ । केही भाग बाँकी रहेको भए चाँडै ती स्थानहरुमा अनुगमन गरिने कार्यालय ले बताएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*