सर्लाही, चैत्र ०७ – बासस्थान र आहाराको कमीका कारण भँगेराको संख्या घट्दै गएको छ । आज भँगेरा दिवस मनाइरहँदा यसको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा चारविदले जोड दिएका छन् ।

चराविद जीतेन्द्र ठकुरीले बढ्दो शहरीकरणका कारण भँगेरा जोखिममा पर्न थालेका बताउनुभयो । भँगेरालाई मानिससँग मिलेर बस्ने चराको रुपमा चिनिन्छ । तर मानव बस्ति भएका ठाउँमा बस्ने भँगेराका लागि आधुनिक घर बन्दै जाँदा समस्या पनि थपिदै गएको उहाँले बताउनुभयो ।

अहिलेको यो सिजन भँगेराले बच्चा कोरल्ने समय हो ।  तर खेतीयोग्य जमिन र जमिनमा बालि नलगाउने प्रवित्ति बढ्दै गएकाले जोखिम बढेको उहाँले बताउनुभयो । भँगेराले बच्चालाई खेतबारीमा पाइने किरा, लार्भा मात्र खुवाउँछ । तर खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुँदा आहाराको अभाव हुन थालेको छ ।

तराईका पहाडी जिल्लाको हावापानी भँगेराका लागि उपयुक्त हुने चराविदले बताएका छन् ।।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*