सर्लाही, चैत्र १७ –  जिल्लामा शिक्षा र जनचेतनाको अभावको कारण महिला हिंसा बढी हुने गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । १०७ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले छोरालाई बंशको टीका र छोरीलाई बन्चरोसंग तुलना गर्ने संस्कारको अन्त्य नभए सम्म महिला हिंसा नरोकिने कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

मधेशमा सामाजिक कुप्रथाका कारण पनि महिलामाथि बढी हिंसा हुने गरेको छ । संविधानमा तोकिए अनुसारको प्राबधान व्यवहारमा लागु नहुदाँ महिला पिडित बन्न पुगेको महिला तथा बालबालिका कार्यालयका प्रमुख रंजु रेग्मीले बताकी छिन् । ‘कानुनलाई प्रभावकारी रुपमा लागु गरिनु पर्ने र हिंसा गर्नेलाई कडा कारबाही नहुन्जेल सम्म हिंसा कम हुनेबाला छैन्’, रेग्मीले भनिन् ‘सम्मान पुरुषलाई मात्र होइन् महिलालाई पनि गरिनु पर्छ ।’ आँखा लोभि मन पापी भएर यस्तो अवस्था भएको हो । बाल विवाहले बढी महिला हिंसा भएको छ ।

महिलालाई सम्मान गर्ने कुरा व्यवहारमा नउतारे सम्म महिलालाई न्याय नपाउने प्रमुख जिल्ला अधिकार प्रदिपराज कणेलले बताएका छन् । कतिपय समाजको पुराना मूल्य मान्यतालाई परिवर्तन गर्न जरुरी छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*