सर्लाही, चैत्र १० – सर्लाहीको मुर्तिया उमाबि परिक्षा केन्द्रबाट माध्यमीक शिक्षा परिक्षा दिईरहेका दुई जना बिधार्थीलाई निस्कासन गरिएको छ ।

अनुगमन टोलिले चिट चोरि रहेको अवस्थामा फेला पारेपछि आर्दश सरस्वति बोडिङ स्कुल मुत्र्तियाका एक जना र चक्र जनता उमाबि बरहथवाका एक जना बिधार्थीलाई निस्कासन गरीएको हो । उनिहरुलाई मोवाइलबाट चिट चोराउन सहयोग गर्ने एक जना शिक्षीकालाई समेत निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ ।

कक्ष! दशको माध्यमीक शिक्षा परिक्षा अन्र्तगत एैक्षिक प्रथम बिषयको परिक्षा दिएका छन् । छिट्पुट बाहेक सर्लाहीका ३३ वटै परिक्षा केन्द्रमा शान्तपुर्ण बाताबरणमा परीक्षा संञ्चालन भईरहेको जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदिले जानकारी दिनुभयो । परिक्षामा सर्लाहीबाट झण्डै साढे नौ हजार बिधार्थी सहभागी भएका छन् ।

चैत्र ३ गते देखी संचान भएको परिक्षा एसईई परिक्षा अन्र्तगत सामान्य तर्फ भोलि अन्तीम दिन बिधार्थीले एैक्षिक बिषयको परिक्षा दिदै छन् ।।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*