सर्लाही चैत्र ०४ – सर्लाहीमा बागमती युवा क्लबको आयोजनामा ‘ए’ डिभिजन स्तरीय प्रथम राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ

काठमाडौँका ८ ‘ए’ डिभिजन टोलीले सहभागिता जनाउने प्रतियोगिता चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने आयोजक कमिटिले आज प्रेस सम्मेलनमार्फत जानकारी दिइयो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदि क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, जावालाखेल युथ क्लब, सरस्वति युथ क्लब र संकटा क्लबको सहभागिता रहनेछ

कुल ३२ लाख बजेट भएको प्रतियोगिताको प्रथम हुने टोलीले ४ लख नगद हात पार्नेछ भने दोश्रो हुने टोलीलाई २ लाख नगद प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ५ हजार पाउनेछन। व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले जनही नगद १५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउनेछन्

अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदको सहयोग रहेको यस प्रतियोगितामा सबै खर्च आयोजक क्लबले व्यहोर्नेछ

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*