काठमाडौं, जेष्ठ १७ – काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष सारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र ३२ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। ३२ वटै वडाका सदस्यहरुलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले सपथ खुवाए। उनीहरुले नेपाली र नेपाल भाषा दुबैमा सपथ लिएका थिए।

महानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १६२ जना जनप्रतिनिधि स्थानीय तह निर्वाचनमा निर्वाचित भएका छन्।  प्रमुख र उपप्रमुखले आजै पदभार ग्रहण गर्नेछन्।

वडाध्यक्ष र सदस्यहरुले पनि सम्बन्धित वडा कार्यालयहरुमा पदभार ग्रहरण गर्ने काठमाडौं महनगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिए।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*