काठमाडौं, जेष्ठ १७ – स्थानीय तहको दोस्रो चरणको निर्वाचन पुनः सारिएको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसको मन्त्रिपरिषद् बैठकले निर्वाचन सार्ने निर्णय गरेको हो । जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन सोमवार बसेको मन्त्रिपरिषद बैठकले असार ९ गते सार्ने निर्णय गरेको थियो ।

असार ९ गते मुश्लिम धर्मावलम्बीहरुको चाड रमजान परेकाले सरकार पुनः निर्वाचन आयोगको सल्लाहमा असार १४ गते सार्ने निर्णय गरेको हो ।

९ असारमा मिति सार्ने निर्णय गर्दा आफूहरूको पर्वलाई बेवास्ता गरेको भन्दै मुस्लिम समुदायले विरोध जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सत्तासाझेदार दल कांग्रेस, निर्वाचन आयोग र मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*