काठमाडौं, वैशाख २० – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्‍याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कानुन विपरीत क्रियाकलाप गर्नेलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई उहाँले निर्देशन पनि दिनुभयो । रासस

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*