सर्लाही, जेष्ठ १६ – सर्लाहीको बरहथवाबाट एक सात बर्षिय बालक अपहरणमा परेको छन् । सोमबार साँझ ६ बजेतिर बरहथवा नगरपालिका वडा नम्बर ६ का रामपुकार यादवका  सात बर्षिय छोरा राकेश यादव अपहरणमा परेका हुन ।

साँझ आफ्नै घरको अगाडि खेलिरहेको अबस्थामा भारतीय नम्बर प्लेट भएको रातो पल्सर मोटरसाइकलमा आएका दुईजना नचिनेका ब्यक्तीले बालक यादवलाइ मोटरसाइकलमा चढाएर लगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

साँझ घरका सबै जना आ–आफ्नो काममा रहेको समयमा आएका अपहरणकारीको पहिचान हुन नसकेको र घटना भए लगतै अपहरणकारी र अपहरित बालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*