सर्लाही, बैशाख २० – सर्लाहीको लालबन्दिमा विद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै शिक्षामा गरिनुपर्ने परिवर्तन र विद्यार्थीले अवलम्बन गर्नुपर्ने विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको छ ।

लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा बुधबारबाट सुरु भएको दुई दिने भेलामा सर्लाहीसहित छिमेकी जिल्लाका क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

लालबन्दिको जनज्योति बहुमुखी क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको पहलमा जारी सो भेलामा नेपालको शैक्षिक अवस्था तथा प्रणालीको विषयको समिक्षा गर्दै आगामी दिनमा अवलम्बन गरिनुुपर्ने नीतिका विषयमा छलफल हुने जानकारी दिइएको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘क्यु ए ए सर्टिफिकेट’ प्राप्त गर्न आधारभूत मापदण्ड के के हुन् ? वर्तमान शैक्षिक अवस्था कस्तो रहेको छ ? भन्ने विषयमा केन्द्रीत रहने उक्त भेलाबाट एस एस आर रिपोर्ट तयार पार्न र मापदण्डबारे सहभागीहरुलाई सुचित गराउन मद्दत पुग्ने अपेक्षा गरिएको उक्त क्याम्पसका प्रमुख सन्तोष बरालले जानकारी दिए ।

उनका अनुसार भेलामा सर्लाहीको जनज्योति बहुमुखी क्याम्पस, सर्लाही बहुमुखी क्याम्पस, चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस, रौतहटका जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र मध्यरत्न बहुमुखी क्याम्पस तथा महोत्तरीको जनता बहुमुखी क्याम्पसको सहभागिता रहेको छ ।
भेलामा सहभागी भएका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रणाली तथा यसको अध्ययनका विषयमा जानकारी गराइनेछ ।

सोही क्रममा विद्यार्थी नेता मनोज बख्रेलले बदलिँदो परिवेश र विश्व आधुनिकीकरणको चरम परिवर्तनमा रहिरहेको अवस्थामा शिक्षालाई अन्तर्राष्ट्रियकारण गर्नुको विकल्प नरहेको धारणा राखेका छन् । उनले क्याम्पसहरुले क्यु ए ए सर्टिफिकेट लिनु पर्नेमा जोड दिए ।

उच्च शिक्षा सुधार परियोजनाका लागि तयार गरिने एस एस आर रिपोर्टका लागि क्याम्पसका आधारभूत आन्तरिक व्यवस्थापनका लागि विभिन्न सूचकहरुका वारेमा परियोजनाका संयोजक नारायण भण्डारी, प्रतिवेदक कमल रिसाल र सहजकर्ता डिल्ली भट्टराई लगायतले सहजीकरण गरेका जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका स्ववियु सभापति कुल प्रसाद गौतमले बताए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*