सर्लाही, जेष्ठ १३ – गाएक र्यान भुजेलको आधुनिक गित गोरेटो लाई थाहा हुन्न सार्बजनिक भए सङ्गै श्रोताको मन जित्न सफल भएको छ । सर्लाहिको मोहनपुर मा जन्मिएर सङ्गित साधनामा लागेका भुजेल, यतिबेला बिदेशि भुमिमा छन । २०५५/५६ साल देखि गीत गाएनमा लागेका भुजेल, करिव ३ बर्ष संगित सिकेर बिदेशिएका हुन ।

एस.एल.सि. दिएर काठमाण्डौँको साधना कला केन्द्रमा सङ्गित सिक्दै गरेका भुजेल आर्थिक स्थिती कमजोर भएका कारण बिदेशिनु परेको बताउँछन । सानै देखिको रुचि सङ्गितमा भएको र जसो तसो गरि सङ्गित सिके पनि आर्थिक अबस्था कमजोर भएको कारण केहि गर्न नसक्दा बिदेशिनु परेको भुजेल बताउँछन ।

यो गीत सार्बजनिक भए सङ्गै श्रोता/दर्शक को माया अत्यधिक पाएको र गित सङ्गितमा केहि गर्ने जोश र जाँगर अझै बढेको ले अब निरन्तर रुपमा गित–सङ्गितको क्षेत्रमा लाग्ने उनि बताउँछन ।

सार्वजनिक गितमा गंगा दाहालको शब्द, टिका बम्जनको संगित रहेको छ भने रबिन गुरुङ्ग को निर्देशनमा सागर र शोनि ले अभिनय गरेका छन ।

यहाँ क्लिक गरेर भिडियो हेर्न सक्नुहुनेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*