सर्लाही, जेष्ठ १७ – इलाका बन कार्यालय लालबन्दीको आयोजनामा आज एक दिने डढेलो नियन्त्रण गोष्ठी सम्पन्न भएको छ । राधा कृष्ण सामुदायिक बनमा भएको गोष्ठी रास्ट्रीय बन बिकास तथा व्यवस्थापन कार्यक्रम अन्र्तगतको  जिल्ला स्तरमा सेना, प्रहरी संघ सस्था तथा नागरिक समाजको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो ।

इलाका बन कार्यलय लालबन्दीका सहायक बन अधिकृत सुवासचन्द्र साहको संयोजकत्व तथा सेक्टर बन कार्यालय फुलजोरका प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै नेपालि सेनाका गणपति सुरेश आर्चाय, नगरिक समाजका सिताराम दाहाल, भिमबाहादुर आले लगाएतले आतिथ्यता जनाउनु भएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*