काठमाडौं, जेष्ठ १३ – सोलुखुम्बुलको लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ । विमानमा चालक दलका तीन जना सदस्यमा मात्रै रहेको गोमा एयरले जनाएको छ ।

विमान परिचारिका प्रज्ञा महर्जन, सहचालक सृजन मानन्धर र चालक पारस राईको उद्धार गरिएको छ । तीनै जना घाइते अवस्थामा रहेका छन् ।

उनीहरुलाई लुक्लामा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने  तयारी भएको छ । शनिबार दिउँसो दुई बजेर चार मिनेट जाँदा दुर्घटना भएको गोमा एयरले जनाएको छ ।

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*