सर्लाही, जेष्ठ ११ – दलालको आर्थिक प्रलोभनमा परी ४५ वर्षको बुढो सँग विहे भएपछी सर्लाहीको बसन्तपुर गाविस वडा नं.९  बस्ने जयराम साह सोनारको १४ वर्षीया छोरी अंजली कुमारी साह सोनार ले बुधवार मुसा मार्ने विष खाएर आत्महात्या गर्ने प्रयास गरेकी छिन ।

बिहे हुनु भन्दा पहिला नै आफु वुवाआमालाई यो बिहे नगर्ने केटा बुढो र बुवा तपाईकै उमेरको भनेपछि पिडक अंजलीलाई मानसिक तनाव  दिएर जबरदस्ती गएको वैशाख २२ गते सप्तरी हनुमानगर बस्ने ४५ वर्षिय अभय साह सोनार सँग विहे गराएका थिए । विहे पश्चात पिडित अंजलीको श्रीमान आफनो घर नलगि आफनो पहिलो ससुरालि मलंगवा नगरपालिका वडा नं.४ मा नै राखेर बेपता भएको र आमाले पनि आफुलाई धेरै नै मानसिक तनाव दिएपछी  वुवाआमालाई पटक पटक  आफु यो घरमा नबस्ने भनेपछी  त्यो घर छोडेर आईस भने मेरो घरको ढोका बन्द र बुवा छोरीको नाता पनि खतम हुने  भनेपछि  पिडित साह विष सेवन गरेर आत्माहत्या गर्ने प्रयास गरेकी छिन ।

पिडितका अनुसार श्रीमानको छोरी मेरो दिदिको उमेर १०,१२,१६ बर्ष गरी तिन छोरी को  श्रीमान वुवाको उमेरमा रहेको भनाई रहेको छ । अंजली चिकित्सकलाई उपचार गर्न नदिएपनि जबरदस्ती उपचार गरेको जिल्ला अस्पताल मलंगवाका चिकित्सकहरुले जनाएक छन् ।

सितामढी जिल्ला थाना परियार ग्राम जगदर बस्ने दलाल श्यामु साह केटीको बुवालाई आर्थिक प्रलोभन दिएर र बच्चा सानो सानो भएको त्यो घरमा छोरी रानिबनेर  राज गर्ने झुक्याएर बाल विवाह गराएको बेहुलाको सालो लालबाबु साह सोनारले जानकारी दिनुभयो बिहेको समयमा आफु भारतको दिल्लि रहेकोले आफुलाई केही पतो नभएकोले यस्तो घटना घटेको हो मेरो जोवाईं ले मेरो तिन महिनाको बच्चा बोकेको बहिनिलाई कुटपिट गरेर हत्या समेत गरेको र त्यस्तो मान्छेलाई काडा भन्दा कडा सजाय होस मेरो आफनो बहिनि नभए पनि  बहिनिलाई न्यायको लागि सम्बन्धित निकाय सँग माग गरेको साहको भनाई रहेकोछ  ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*