Archive for May, 2017

४ लाख घुस लिँदा लिँदै पक्राउ परे जनज्योती मा.बि. लालबन्दि का ….

सर्लाही,  ज्येष्ठ ४ – शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उप–जिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्। उनीहरुसँगै जनज्योति मावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने पक्राउ परेको सर्लाहीका डिएसपी ठाकुर पोखरेलले बताएका छन ।[Read More…]

निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने …

काठमाडौं, वैशाख २० – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्‍याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै[Read More…]

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

सर्लाही, बैशाख २० – सर्लाहीको लालबन्दिमा विद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै शिक्षामा गरिनुपर्ने परिवर्तन र विद्यार्थीले अवलम्बन गर्नुपर्ने विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा बुधबारबाट सुरु भएको दुई दिने भेलामा सर्लाहीसहित छिमेकी जिल्लाका क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको पहलमा जारी सो भेलामा नेपालको शैक्षिक अवस्था[Read More…]