सर्लाही, असार १२ – सर्लाहीको इश्वरपुर नगरपालिका ६ चिरानटोलमा गएराती लागुऔषध सेवन गरेका दुई पक्ष बिचका युवाहरुबिच झगडा हुदा एक जना घाइते भएका छन् ।

झगडामा सोहि टोलका ४८वर्षिय काले लामा घाइते भएका हुन् । काठको चिर्रपटले हानेर घाइते भएका लामाको लालबन्दी मोडेल हस्पीटलमा उपचार भईरहेको छ ।

झगडा छुुट्उन आउदाँ उनि घाइते भएका हुन् । प्रहरीले घटनामा संलगन ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंज बयलवासका प्रहरी निरिक्षक अनिलकुुमार पौडेलले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*