सर्लाही असार १० – साविक लालबन्दी नगरपालिकाको सम्पूर्ण वडा हरुमा स्वच्छ, सफा पानि पुर्याउने दिर्घकालिन लक्ष्य सहित संचालित साना शहरी खानेपानी आयोजनाको काम युद्द स्तरमा चलिरझेको छ ।

यसै सिलसिलामा आज नगरपालिका अन्तर्गत को खानेपानी आयोजना सम्बन्धि गतिविधि जानकारी गराउदै अन्तरक्रिया गर्ने उदेश्यले वडा नम्बर १० को वडा भेला सम्पन्न भएको छ ।

समितिका वडा संयोजक तोप बहादुर श्रेष्ठ को अद्यक्षतामा सम्पन्न भेलामा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था का अध्यक्ष बाशुदेव अधिकारीको प्रमुख आतिथ्यता सँगै अतितिहरुमा संस्था का सचिव शिव् कृष्ण बैध, आयोजनाका इन्जिनियर उमेश साह, परामर्शदाता इन्जिनियर हरिनन्दन चौधरी, ठेगेदार कम्पनीका इन्जिनियर रामलोचन कुमार, लेखा प्रमुख मनोज बख्रेल, ब्यबस्थापक मकुन्द श्रेष्ठ, समाजसेवी, सिक्षक, र उपभोक्ता को उलेख्य उपस्थिति रहेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*