सर्लाही असार १० – नगरस्तरिय साप्ताहिक सरसफाई अभियान अन्तर्गत आज ईश्वरपुर नगरपालीका को बयलबास बजारक्षेत्रमा सरसफाई गरिएको छ ।

अपांग स्वयम सेवा समाज को अगुवाईमा गौरिशंकर बाट सुरुभएको अभियान अन्तर्गत आज सर्लाहिको बयलबास बजारक्षेत्रमा सरसफाई गरिएको हो । यो अभियान अन्तर्गत हरेक साताको शनिवार बिभिन्न स्थानमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

कार्यक्रममा नगर अधिकृत होमबहादुर थापा लगाएत उद्योग वाणिज्य संघका अध्यक्ष, उद्योगी ब्यापारि, समाजसेवि संगै शसस्त्र, जनपथ प्रहरि लगाएतको सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष रामकैलाश महत्तोका अनुसार अभियान अन्तर्गत सरसफाई संगै सरसफाई समिती पनि गठन गर्ने गरिएको छ ।

            तस्विर : प्रकाश मैनाली को फेसबूक वाल बाट सभार ।

यो अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बिभिन्न ब्यक्ति तथा संघ संस्थाबाट बिभिन्न सहयोग सामग्रि पनि प्राप्त भएको अध्यक्ष महत्तोले जानकारि दिनुभयो । अभियान अन्तर्गतको यो १६ औँ हप्ता हो ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*