सर्लाही जेष्ठ २८ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सर्लाही आएको विरोधमा राजपा नेपालले जिल्लाका विभिनन ठाउँ ठाउँमा विरोध प्रदर्शन गरेको छ ।

यादव सर्लाहीको दक्षिणी भेगमा पर्ने मधुवनगोठमा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्वोधन गर्न पुग्नु भएको छ । उहाँ सर्लाही आउने थाहा पाए लगत्तै राजपा नेपालका कार्यकर्ताले बिहान बयलवास, बरहथवा, मलंगवा लगायत कार्यक्रम स्थल वरपर विरोध प्रदर्शन गरेका हुन् ।

उपेन्द्र यादवले चुनावमा जानुपर्ने तर्क गरिरहेकाले उहाँको आवागमनमा अवरोध गर्नेगरि विरोध प्रदर्शन गरिएको राजपाका नेता कार्यकर्ताले बताएका छन् ।

उहाँ बरहथवा हुँदै मधुवनगोठ पुग्नु भएको राजपाका लालबन्दी नगरकमीटीका अध्यक्ष सुनील साहले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*