सर्लाही, असार १० – सर्लाहीमा प्रस्तावित सागरनाथ (मुर्तिया) औद्योगिक क्षेत्रको सम्भाब्यता अध्यनको कार्य सुरु भएको छ । केही समय पहिला नेपाल सरकारले सार्वजनिक गरेको एक प्रदेश एक औद्योगिक क्षेत्र कार्यक्रम अन्तरगत सर्लाहीको सागरनाथ बन विकास परियोजनाको मुर्तिया सेक्टरको बन क्षेत्रमा संभाब्यता अध्यन तथा सिमांकनको कार्य अगाडी बढाईएको हो ।

नेपाल सरकारको देशको सातै वटा प्रदेशमा बृहत अ‍ैद्योगिक क्षेत्र स्थापना गरेर देशका जनशक्ती स्वदेशमै प्रयोग गर्ने निति अगाडी सारेको हो । सरकारले बैदेशिक रोजगारिमा भौतारिने युवा जनशक्ती स्वदेशमै प्रयोग गर्ने गरी काम सुरु गरेको औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतको भनाई छ ।

शनिबार सर्लाहीको बागमती नगरपालिका १० स्थित मोडर्न युरिका स्कुलमा आयोजना गरिएको प्रस्तावित सागरनाथ मुर्तिया औद्योगिक क्षेत्र बृहत सर्वपक्षिय सार्वजनिक सुनुवाई कार्यक्रमका बक्ताहरुले औद्योगिक क्रान्तिमा सबैले एकजुट भएर लाग्नु पर्नेमा जोड समेत दिए ।

युवाले स्वदेशमै रगत पसिना बगाउन पाउनु पर्ने नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष डिल्ली उप्रेतीले बताउनु भयो । यता सरकारको निति तथा कार्यक्रम अन्तरगतको औद्योगिक क्षेत्र स्थापनाको कार्य अगाडि बढाए पनि सागरनाथ बन बिकास परियोजनाले कार्य तत्काल गर्न नदिने बताएको छ ।

औद्योगिक क्षेत्रको सम्भाब्यता अध्यनको कार्यको लागी केन्द्र बाट कुनै परिपत्र प्राप्त नभएकोले तत्काल सागरनाथ परियोजनाको बन क्षेत्रमा सम्भाब्यता अध्यनको कुनै गतिविधि गर्न दिन नसकिने सागनाथ बन परियोजनाका दिपेन्द्र मेहताले बताउनु भयो ।

यस्तै, औद्योगिक क्षेत्रको सम्भाब्यता अध्यनको कार्य सुरु गरिएको सागरनाथ बन बिकास परियोजनाको जग्गामा बसोबास गर्दैै आएको सुकुम्बासीले भने आफुहरुको उचित ब्यबस्थापन गरेर मात्र यस जमिनलाई औद्योगिक क्षेत्र बनाउन माग गरेका छन् ।

हाफ्नै जिल्लामा बृहत औद्योगिक क्षेत्र स्थापनाको तयारी बारे सुनेका सर्लाही बासि यतिबेला संभाब्यता अध्यनको कार्य नै अगाडि बढेपछि अत्यन्त उत्साहित बनेका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*