सर्लाही, जेष्ठ २८ – स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छान्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस सर्लाही भित्र विवाद चर्किएको छ । उम्मेद्वार छान्न भन्दै आज दोस्रो दिन सदरमुकाम मलंगवा स्थित पार्टी कार्यालयमा बसेको काङ्ग्रेस जिल्ला कार्य समितिको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।

जिल्लामा मुख्य प्रभाव जमाउने नेताहरुले आफू निकटका व्यक्तिले टिकट पाउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो । जिल्ला स्तरमा सहमति हुन नसकेपछि अब उम्मेद्वार छनौट समिति मार्फत उम्मेद्वार टुंगो लगाउने प्रयास गरिने नेताहरुले बताएका छन् ।

काङ्ग्रेस ले २०७० सालको संविधान सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार भएका नेता सहितको उम्मेद्वार छनौट समिति गठन गरेको छ । सो समितिका सदस्य एवं चुनावमा बिजयी भएका सांसद हाल काठमाण्डौमा भएकाले अरु सदस्य पनि त्यहीँ गएर उम्मेद्वार तय गर्नका लागि छलफल गर्ने निर्णय भएको काङ्ग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन आउन अब १६ दिन मात्रै बाँकी भएपनि काङ्ग्रेस ले सर्लाहीको कुनै पनि गाउँपालिका तथा नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वार छान्न सकेको छैन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*