सर्लाही, असार १२ – सर्लाहीको हरिवनलाई असार १६ गते खुल्ला दिशा मुक्त नगर घोषणा गरिने भएको छ । नगरस्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समीतीको हिजो बसेको बैठकले सो निर्णय गरेको हो ।

माहादेब जनता माध्यमीक बिधालयको भवनमा भव्य समारोहका साथ हरीवन नगरपालिकालाई खुल्ला दिशा मूक्त नगर घोषणा गरिने हरीवन नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

नगरभित्र सौचालय निर्माणको अवस्था बारे अस्ती सनिबार जिल्ला बाट आएको अनुगमन टोलिद्धारा अनुगमन समेत भईसकेको अधिकृत ढकालले बताउनुभयो ।

हरिवन नगपालिका भित्र पर्ने साविकको हरिवन, सासापुर, घुकौलि,अत्रौलि र ढुग्रेखोला गाबिसको ३ नम्बर वडामा झण्डै १० हजार घरधरीको बसोवास रहेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*